logo-img

युक्रेनको वैदेशिक व्यापार ७ प्रतिशतले घट्यो

युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ । राज्य भन्सार सेवाले बुधबार दिएको जानकारीअनुसार जनवरी–मार्चमा युक्रेनको निर्यात कुल १०.३ बिलियन डलर र आयात १५.५ बिलियन डलर रहेको हो ।

खाद्यान्न उत्पादनहरूले पहिले त्रैमासिकमा युक्रेनको निर्यात आम्दानीमा सबैभन्दा ठूलो योगदान पुर्‍याएको र त्यसपछि धातु उत्पादन, मेसिन, उपकरण र यातायात लगायतका क्षेत्रले योगदान दिएको जनाइएको छ ।

मुख्यरूपमा आयात हुने वस्तुहरूमा मेसिन, उपकरण, यातायात, इन्धन र रसायनलगायतका वस्तु छन् । गत वर्ष युक्रेनको वैदेशिक व्यापार २९.६ प्रतिशतले घटेर ९९.७ अर्ब डलर पुगेको थियो । सिन्ह्वा  





  • प्रकाशित मिति : वैशाख ७, २०८० बिहीबार १४:१८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया