logo-img

विकास निर्माणका माग राख्दै भत्किएको पुलमुनि अनशनमा बसे सांसद गौतम

विभिन्न १५ बुँदे माग राख्दै नेपाली कांग्रेसका सांसद एवं पूर्वराज्यमन्त्री सञ्जयकुमार गौतम आमरण अनशनमा बसेका छन् ।

बर्दिया–१ बाट विजयी प्रतिनिधिसभा सदस्य गौतमले विकास निर्माणसँग सम्बन्धित माग राख्दै आफ्नो निर्वाचन क्षेत्रको जब्दीघाटको भत्किएको पुलमुनि टेन्ट लगाएर आमरण अनशन बसेका हुन् । 

उनले जब्दीघाटको भत्किएको पुल निर्माणको काम सुरु गर्नुपर्ने, सदरमुकाम डुबान र कटानको कारण जोखिममा रहेको भन्दै तटबन्धनका काम गर्नुपर्ने, सिँचाइ आयोजनामा बजेट सुनिश्चित हुनुपर्नेलगायत माग राखेका छन् । 

संसदमा पटकपटक जब्दीघाटको पुल निर्माणको आवाज उठाए पनि राज्यले बेवास्ता गरेपछि वाध्य भएर अनशनमा बस्नु परेको सांसद गौतमको भनाइ छ । उनलाई प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले पनि साथ दिएका छन् । 

सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल बनेर उद्‍घाटन नहुँदै २०७४ साउन अन्तिम साता भत्किएको थियो । पुल पप्पु कन्स्ट्रक्सनले बनाएको थियो । 





  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार ८:२६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया