logo-img

दाङमा दुई बस ठोक्किए : एकको मृत्यु, २३ जना घाइते

दाङको देउखुरीमा आज बिहान दुईवटा बस आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका–९ की २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका प्रहरीले जनाएको छ ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।  

उनका अनुसार घाइते २३ जनालाई उपचारका लागि लमही लगिएको छ । 





  • प्रकाशित मिति : जेठ ५, २०८० शुक्रबार ८:३२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया