logo-img

कपिलवस्तुका उखु किसान काठमाडौंमा धर्ना बस्न बाध्य

सरकारले अनुदान नदिएपछि कपिलवस्तुका उखु किसानहरू काठमाडौंमा धर्नामा बस्न बाध्य भएका छन् ।

२०७१ सालमा उखुमा दिने भनिएको अनुदान आफूहरूले मात्रै नपाएपछि काठमाडौंको माइतीघर मण्डलामा आएर धर्नामा बस्न बाध्य हुनुपरेको कपिलवस्तु उखु किसान संघर्ष समितिका सदस्य रामलाल कलवारले जानकारी दिए । 

२०७१ सालमा सरकारले उखु किसानहरूलाई प्रतिक्वीटल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर सो रकम अझसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा उनीहरू काठमाडौं आएका हुन् । 

अनुदानको रकम लिनका लागि जिल्ला प्रशासन कार्यालयमा दिइएको दबाब काम नलागेपछि काठमाडौंमा आएर धर्नामा बस्नुपरेको संघर्ष समितिका सदस्य रामलाल कलवारले बताए । उनले आफूहरूलाई सो अनुदान नदिएसम्म धर्नाको कार्यक्रम अन्त्य नगर्ने चेतावनी समेत दिए ।

उनीहरूले अन्य जिल्लालाई दिइएको त्यो अनुदानको बापतको रकम आफूलाई नदिएको भन्दै ५ दिनयता काठमाडौंमा धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । तर, सरकारले कुनै सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । 





  • प्रकाशित मिति : जेठ ६, २०८० शनिबार १५:१४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया