logo-img

स्ववासी समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले भक्तपुरलगायत काठमाडौं उपत्यकाभित्रको लालपुर्जाविहीन स्ववासी समस्या समाधान गर्ने बताएकी छन् । 

आज उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले मन्त्री श्रेष्ठलाई भेटी स्वबासी र बेनिस्साका घर खेत दर्ता खुला गर्नुपर्ने माग ध्यानाकर्षण पत्र बुझाएपछि उनले यस्तो बताएकी हुन् । 

उनले भनिन्, ‘मलाई तपाईंहरुको समस्याबारे राम्रैसँग जानकारी छ, हजारौँ वर्षदेखि आफ्नै थातथलोमा बस्दै आएका स्वबासी र जग्गाको निस्सा नभएका स्थानीयलाई लालपुर्जा उपलब्ध गराउन म सहजीकरण गर्नेछु, म मेरै कार्यकालमा भूमिसम्बन्धी समस्या समाधान गर्नेछु ।’

संघर्ष समितिकी संयोजक पृथविन्दु महर्जनको नेतृत्वको टोलीलाई मन्त्री श्रेष्ठले पीडित स्ववासीको पक्षमा आफू सधैँ उभिने बताइन् । ०७२ मा जारी भएको नेपालको संविधानले सम्पूर्ण नागरिकलाई सम्पत्तिको हक प्रत्यायोजन गरेको भए पनि संविधान बमोजिम अधिकार प्राप्त नभएकोमा टोलीले मन्त्रीसँग गुनासो गरेका थिए । 

काठमाडौं उपत्यकाभित्रका तीन सहरका पुराना बस्तीमा पुस्तौँदेखि बसोबास गर्दै आएका धेरै स्ववासीले लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् ।





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार २३:७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया