logo-img

कुवेतविरुद्ध नेपाल पहिलो हाफमै दुई गोलले पछाडि

१४ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतमा सुरु भएको छ । प्रतियोगिताको उद्‍घाटन खेलमा नेपालले कुवेतको सामना गरिरहेको छ ।

बेंगलुरुमा सुरु भएको १४औँ साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेत विरुद्ध पहिलो हाफमै दुई गोलले पछाडि परेको छ । 

खेलमा कुवेतले अग्रता लिएको छ । खेलको २३ मिनेटमा कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाएका हुन् । त्यस्तै कुवेतले ४१औँ मिनेटमा दोस्रो गोल गरेको छ। मोहम्मद अब्दुल्लाहको पासमा शबईब अलखल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाएका हुन् । 





  • प्रकाशित मिति : असार ६, २०८० बुधबार १७:१३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया