logo-img

सुनको जलहरी ट्रकमा ल्याएको सामान जसरी जोख्ने काम भयो : देवेन्द्र पौडेल

प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले पशुपति नाथ मन्दिरमा रहेको सुनको जलहरी ट्रकमा ल्याएको सामान जसरी जोख्ने काम भएको बताएका छन् । आउको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यसबारे सत्यतथ्य सदनमा जनाकारी गराउनुपर्ने मागसमेत राखे ।

‘कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ?’, प्रश्न गर्दै उनले भने, ‘यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन ।  यसको सत्यतथ्य जनाकारी गराउन सदनमार्फत सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’ 

सांसद पौडेलले पशुपतिनाथको जलहरीबारे सत्यतथ्य जानकारी गराउन माग गरे । उनले भने, ‘पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरुले त्यहाँको सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने हामीले सुनेका छौ, सत्यतथ्य जानकारी गराइयोस् ।’

जलहरी प्रकरणमा हिनामिना भएको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार जलहरीको नाप जाँच गरेको थियो । जलहरीलाई पुन: मर्मत गरी मंगलबार पशुपतिमा चढाइने छ । 





  • प्रकाशित मिति : असार ११, २०८० साेमबार १२:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया