logo-img

पशुपतिनाथको जलहरी आज पुनर्स्थापित गर्ने तयारी

पशुपतिको शिवलिङ्गबाट आइतबार निकालिएको जलहरी आज पुनर्स्थापित गर्ने तयारी भइरहेको छ । त्यसका लागि पशुपतिनाथ मन्दिर परिसरमा अख्तियारसहितको टोली पुगेको छ ।  

काठमाडौं महानगरपालिका–८ का अध्यक्ष आशामान संगतका अनुसार आज अपरान्ह ४ बजेपछि जलहरी पुनर्स्थापित गरिनेछ ।  

आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो ।

सोमबार बिहान २ बजेसम्म लगाएर सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो । यसको तौल १०६.४३२५ किलो रहेको बताइएको छ ।   

अख्तियारले भने सुनको परिमाण पुगेको नपुगेकोबारे खुलाएको छैन ।   





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार ९:१७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया