logo-img

सनवे कलेजका ७१ विद्यार्थी दीक्षित

सनवे इन्टरनेशनल बिजनेस कलेजले दीक्षान्त समारोह सम्पन्न गरेको छ ।आइतबार ललितपुरस्थित हेरिटेज गार्डेनमा कलेजले दीक्षान्त समारोह सम्पन्न गरेको हो ।

इन्फ्रास्ट्रक्चर युनिभर्सिटीबाट सम्वन्धन प्राप्त गरेको सनवे कलेजका मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) र ब्याचलर अफ कम्प्यूटर साइन्स (बीसीएस)मा स्तानक तह उर्तिण गरेका ७१ जना विद्यार्थी दीक्षित भएका छन् ।

मलेसियास्थित इन्फ्रास्ट्रक्चर युनिभर्सिटी क्वालालम्पुरबाट सम्बन्धन प्राप्त गरेको सनवे कलेजलाई त्रिभुवन विश्वविद्यालयले समकक्षता दिएको छ । दीक्षित विद्यार्थीलाई सनवे कलेजका एकेडेमिक निर्देशक प्रमोद पौडेलले डिग्री प्रदान गरेका थिए ।

उक्त समारोहमा १८ जना विद्यार्थीले उत्कृष्ट विद्यार्थीलाई अवार्डसहित सम्मान प्रदान गरिएको थियो । उत्कृष्ट शैक्षिक प्रर्दशन गर्ने बीसीएसका आयुष ओझा, आकांक्षा गहतराज सुनार, अर्जुन गहतराज सुनार, केशव भण्डारी तथा एमबीएतर्फ श्रीजन भण्डारी र आस्था जोशीलाई सम्मान गरिएको छ ।

त्यस्तै एमबीएमा अध्ययनरत रन्जन केसीलाई सनवे रिसर्च एक्सीलेन्सी अवार्ड प्रदान गरिएको छ । सनवे फाइनल इयर प्रोजेक्ट एक्सीलेन्स अवार्ड बीसीएसका पिटर कार्की र आर्जन गहतराज सुनारले प्राप्त गर्न सफल भएका छन् ।

यसैगरी सनवे इनरजाइजर अवार्ड एमबीएका सौरव लुनियालाई दिइएको छ । यसैगरी सनवे क्रेटिभ एक्सीलेन्स अवार्ड बीसीएसमा अध्ययन गरेका रेश्मा ओली र अभिषेकमान नापितलाई दिइएको छ ।



सनवे लिडरसीप एक्सेलेन्स अवार्ड (एस्क्ट्रा करिकुलम एक्टिभिटिज) बीसीएसका प्रशान्त थापा, प्रविल श्रेष्ठ, अमन महर्जन, अस्मित अधिकारी, निशा बरुवा र विवेक गौतमलाई प्रदान गरिएको छ ।

निर्देशक पौडेलले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै स्नातक तहको करियर विकासमा आत्मअनुशासनको महत्त्व रहेको बताए ।



  • प्रकाशित मिति : असार १७, २०८० आइतबार १७:४०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया