logo-img

प्रधानमन्त्रीलाई मिनेन्द्र रिजालको जवाफ- राष्ट्रपति बन्नु गिरिजाबाबुका लागि मुख्य थिएन

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले स्व. गिरिजाप्रसाद कोइरालाका लागि राष्ट्रपति बन्नु/नबन्नुको कुरा प्रमुख विषय नरहेको बताएका छन् । सोमबार नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको श्रम, अधिकार र सम्झनामा गिरिजाबाबु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले स्व. गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्व. कोइरालालाई आफूले राष्ट्रपति नबनाएकोमा पश्चाताप लागेको बताएका थिए । प्रधानमन्त्री दाहालले आफू गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा कोइरालालाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपर्ने तर आफूले गर्न नसकेकोमा आफूलाई पश्चाताप लागेको बताएका थिए । 

प्रधानमन्त्रीको सो अभिव्यक्तिबारे नेता रिजालले स्व. कोइरालालाई प्रधानमन्त्री दाहालले जति तिल लिएर श्रद्धाञ्जली व्यक्त गरे पनि नपुग्ने बताए । उनले प्रधानमन्त्री दाहाललाई स्व. गिरिजाप्रसाद कोइरालालाई धेरै तिल हालेर श्रद्धाञ्जली दिएर पुग्छ भन्ने नठान्न आग्रह गरे । उनले कांग्रेससँगको प्रधानमन्त्रीको अहिलेको यात्रा १२ बुँदे समझदारीको निरन्तरता भएको बताए । उनले नेपालको वर्तमान राजनीति स्व. कोइरालाको दिशा निर्देशअनुसार चलेको दाबी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले त्यो व्याख्यालाई त्यत्तिमै सीमित नगर्नुभए उचित हुन्छ । उहाँले गिरिजाप्रसाद त गइसक्नुभयो, जति तिल लिएर श्रद्धाञ्जली व्यक्त गरे पनि व्यक्तिगत हानी पो के होला भनेर बोलेर मात्रै पुग्दैन । प्रधानमन्त्रीले आज गिरिजाबाबुका बारेमा बोल्नुभयो, सुन्दा कुनै पनि कांग्रेसलाई आनन्द लाग्यो, हाम्रो यस्तो नेता हुनुहुन्थ्यो, प्रधानमन्त्री आज पनि उहाँप्रति कृतकृत्य हुनुहुन्छ । उहाँबाट प्रेरणा लिनहुन्छ । तर मैले प्रधानमन्त्रीलाई भन्नुपर्छ । प्रधानमन्त्रीजी गिरिजाप्रसाद कोइराला बितेर जानुभयो, त्यसैले स्व. गिरिजाप्रसाद कोइरालालाई थुप्रै तिल हालेर श्रद्धाञ्जली दिएर पुग्छ भन्ने ठान्नुभएको छ भने पुग्दैन ।’ 





  • प्रकाशित मिति : असार १८, २०८० साेमबार १८:३६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया