logo-img

आयरल्याण्डविरुद्ध ज्ञानेन्द्र मल्ल ७ रनमा आउट

जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा आयरल्याण्डविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । 

उनी १२.३ ओभरमा व्यक्तिगत ७ रनमा आउट भए । ज्ञानेन्द्रलाई पनि क्रेग योङले आउट गरे । उनले नेपाललाई पहिलो झड्का दिनेक्रममा कुशल भुर्तेललाई ८ रनमा क्याच गराएका थिए ।  

कुशल ८.१ ओभरमा व्यक्तिगत ८ रनमा आउट भए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले यो समाचार तयार पार्दासम्म १६ ओभरमा २ विकेट गुमाएर ६२ रन बनाएको छ ।

नेपाल र आयरल्याण्डबीचको खेल हरारे स्पोर्ट्स क्लबमा भइरहेको हो । आयरल्याण्डविरुद्ध नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज आरिफ शेख र प्रतिश जिसीलाई विश्राम दिएर कुशल मल्ल र किशोर महतोलाई मौका दिएको हो । 

प्लेअफमा विजयी भएपछि नेपाल र आयरल्याण्डले सातौं स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले प्लेअफमा सेमिफाइनलमा यूएईविरुद्ध ३ विकेटको जित निकाल्दै आयरल्याण्डसँगको भेट पक्का गरेको थियो ।
 





  • प्रकाशित मिति : असार १९, २०८० मंगलबार १४:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया