logo-img

दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नले बालबालिकामा मनोवैज्ञानिक समस्या बढ्यो : सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासायनिक मलका कारण प्रकृतिमा असर परिरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले रासायनिक मलले गर्दा जल, जमिन र वायुलाई सङ्क्रमण  गरिरहेकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सरकारले सोच्न आवश्यक रहेको बताए । उनले रासायनिक मलको प्रयोगका कारण जनस्वास्थ्यमा परेको असर, जनस्वास्थ्यको संवेदनशीलतामा ध्यान दिनुपर्ने बताए । उनले दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरूले गर्दा बालबालिकाहरूमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको अध्ययनले देखाएको पनि बताए ।

उनले भने, ‘कृषकले मल नपाइरहेको कारण एउटा बिचौलिया र अर्को वितरण प्रणाली नभएको हो । त्यसमा काम गर्नुपर्छ । रासायनिक मलले गर्दा जल, जमिन र वायुलाई सङ्क्रमण गर्ने कुरालाई कसरी न्यूनीकरण गर्ने भन्नेकुराहरू केही पनि छैन । अर्थ समिति दिगो विकास लक्ष्यको दस्तखत गरेको हो । दिगो विकास लक्ष्यको मापनहरू प्यारा मिटरअनुसार भएको छ की छैन ? भनेर हेर्ने पनि निकाय हो । जनस्वास्थ्यको संवेदनशीलता पनि हेर्नुपर्छ । दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरूले गर्दा बच्चाहरूमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको भन्ने देखाइरहेको छ, यसको लागि के छ ? माटोको गुणस्तर खस्किँदै गएको छ, अनिकाल बढ्दै छ ।’ 





  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार १६:२१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया