logo-img

साइकल चालकलाई मुक्का प्रहार गर्ने युवक पक्राउ

विराटनगरमा साइकल चालकलाई मुक्का प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।   

जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गर्ने १९ वर्षीय आयुष भेटवाललाई पक्राउ गरेको हो ।

गत बुधबार राति साढे ८ बजे विराटनगर महानगरपालिका–४ दुधफार्मस्थित कोशी राजमार्गमा आयुषसहित ३ जना बा १५ च ३४४५ नम्बरको कारमा सवार थिए । कारमा १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की पनि थिए । 

राजमार्गमा विपरीत दिशाबाट आइरहेका साहलाई देखेपछि कारबाट ओर्लिएर उनीहरूले मुक्का हानेका थिए । मुक्का प्रहारपछि साह बेहोस भएका थिए । 

बेहोस भएका साहलाई आयुषले सडकमा केही परसम्म घिसारेको सिसीक्यामेरा फुटेजमा देखिएको थियो । उक्त घटनाको फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । 
 





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार १४:२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया