logo-img

बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने विश्वविद्यालय बन्द गरिदिए हुन्छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकूल नभएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको उनको भनाइ छ । 

नेपालको समयानुकूल शिक्षा नीति नहुँदा विद्यार्थीहरु विदेश पलायन भइरहेको बताउँदै उनले प्राथमिक शिक्षा, क्याम्पस शिक्षा र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनौती रहेको बताए । समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिँदै भण्डारीले विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने विश्वविद्यालय सञ्चालन भइरहनुभएको अर्थ नरहेको जिकिर गरे । 

उहाँले नतिजा समयमा ननिस्किने, परीक्षा समयमा नहुने, पाठ्यपुस्तक समयमा नै विद्यार्थीले नपाउने लगायतका समस्या अहिले पनि विद्यमान रहेको उनले औँल्याए । उनले भने, ‘हाम्रो पाठ्यक्रम पनि हामीले राम्रो बनाउन सकेनाैँ । समयानुकूल छैन, परीक्षा प्रणाली पनि समायानुकुल छैन, नतिजा पनि समयमा निस्किँदैन ।’

सांसद भण्डारीले नेपालमा कुन शिक्षाको प्रणाली अपनाउने हो त्यो स्पष्ट हुनुपर्ने बताए । नेपालमा नयाँ तरिकाबाट शिक्षाका बारेमा नसोचेसम्म विद्यार्थी पलायन हुने क्रम नरोकिने उनको दाबी छ ।  
 





  • प्रकाशित मिति : साउन ३, २०८० बुधबार १८:३६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया