logo-img

एनआरएन बेलायतमा आज निर्वाचन हुँदै

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी कार्यकालको लागि आज  निर्वाचन हुँदै छ । मतदान अनलाइन माध्यमबाट बिहान ६ बजे देखि राति १२ बजेसम्म जारी रहनेछ । 

त्यहाँ अध्यक्ष पदको लागि दिनेश घिमिरे, हितकाजी गुरुङ र नारायण कँडेल चुनावी मैदानमा उत्रेका छन् । त्यस्तै संघको ४ आइसीसी (केन्द्रीय) सदस्यको लागि ६ जनाबीच प्रतिस्पर्धा हुदैछ । आइसीसी सदस्यमा शुनिलबाबु खड्का, मोहन कार्की, विष्णु चालिसे, दिलराज गुरुङ, डा सुनिल शाह र चन्द्र बहादुर गुरुङको उम्मेदवारी परेको छ ।

यसैगरी संघको २ उपाध्यक्ष पदको लागि ज्ञानेन्द्र आले, रवीन्द्र कँडेल, सुरेश परियार, कर्मा शेर्पा र ओमन गौचनबीच प्रतिसपर्धा हुँदै छ । बेलायतमा ४ हजार १८३ मतदाता रहेको बताइएको छ । 





  • प्रकाशित मिति : साउन ६, २०८० शनिबार ९:१३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया