logo-img

उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्छः चन्द्र भण्डारी


नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापनइतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्ने बताएका छन् । 

मंगलबर काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्ने बताएका हुन् । 

पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै उनले अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने बताए । उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न उनले आग्रह गरे । 

केन्द्रीय समितिमा संस्थापनइतर समूहका नेताहरुलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरुलाई सदस्य बनाउन नसक्नेले अरुको प्रतिनिधित्व गर्न नसक्ने उनले बताए । 

टिम नै बनाएर अगाडि बढ्न आग्रह गर्दै उनले टिम बनाएर अगाडि बढेमा युवाहरुलाई स्वागत गर्न समयले पर्खिरहेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार १७:१९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया