logo-img

अरुण पोखरेललाई हटाएर टोकराज पाण्डेलाई भन्सार प्रमुखको जिम्मेवारी

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको नेतृत्व फेरिएको छ । 

मंगलबार अर्थ मन्त्रालयले भन्सार प्रमुखको जिम्मेवारीबाट अरुण पोखरेललाई हटाउँदै प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेलाई दिएको हो ।

तत्कालीन भन्सार प्रमुखमा पोखरेलका पालामा १०० किलो सुन तस्करी भएपछि अर्थ मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाएको हो । 

उनी पछिल्लो २ महिनादेखि बिदा बसेका थिए । उनी बिदामा रहेका बेला विमानस्थल परिसरबाट १०० किलो सुन बरामद भएकाे थियाे । 

हाल भन्सार प्रमुखको जिम्मेवारी पाएका पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।





  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार १९:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया