logo-img

जनक र निखिताको कोसेली  ‘पियार’

अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फेरि एकसाथ नयाँ म्युजिक भिडियोको अभिनयमा देखिएका छन् । ‘पियार’ बोलको म्युजिक भिडियोमा उनीहरू एकसाथ देखापरेका हुन् । 

युवा पुस्ताका दुई गायक गायिका जनक ताम्राकार र  निखिता थापाको  यस गीतमा युगल गायन रहेको छ । यस गीतमा शब्द र सङ्गीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको सङ्गीत संयोजन रहेको छ । उत्तम हुमागाईले छायाङ्कन गरेको यस गीतको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियोको निर्मात्री दिलु गुरुङ छन् । 
   
भिडियो गायक ताम्राकारको युट्युब च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो ।  





  • प्रकाशित मिति : साउन १२, २०८० शुक्रबार १२:४३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया