logo-img

प्रमोद भट्टराईको गीतिसंग्रह ‘चुपचाप मन पराएँ’ सार्वजनिक

गीतकार प्रमोद भट्टराई ’प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतहरुको संग्रह ’चुपचाप मन पराएँ’ लोकार्पण गरिएको छ । सोमबार गीतकार संघ नेपालले राष्ट्रिय नाचघरमा आयोजना गरेको एउटा समारोहमा सातवटा गीत संगृहीत यो गीतिसंग्रह लोकार्पण गरिएको हो ।

आज लोकार्पण भएको गीतिसंग्रह ‘चुपचाप मन पराएँ’ मा लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड भएका सातवटा गीतहरु समावेश गरिएका छन् । एल्बममा समावेश गीतमा राजेशपायल राई, प्रमोद खरेल, शिव परियार, प्रविण बेडुवाल, निशान भट्टराई, मेलिना राई तथा रचना रिमाललगायत लोकप्रिय गायक–गायिकाहरुको स्वर रहेको छ ।

यी गीतहरुमा संगीतकार कीर्ति न्यौपाने (दिवाकर शर्मा) तथा सरोज कोइरालाको संगीत निर्देशन छ । एल्बममा समावेश गीतहरुलाई पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका छन् भने शम्भु तण्डुकार रेकर्डिष्ट हुन् ।
 
एल्बममा समावेश गीतका म्युजिक भिडियोहरु पनि तयार पारिएका छन् । ती भिडियोहरुलाई नवल नेपाल, कृष्णदेव रुपाखेती, हेमप्रभास अधिकारी, बिनोद बम, ओमप्रकाश अवस्थीले निर्देशन गरेका छन् । 

समारोहमा एल्बममा समावेश सातवटै गीतका म्युजिक भिडियोका अंश प्रदर्शन गरिएको छ । एल्बममा समावेश मदनकृष्ण श्रेष्ठको स्वरको ‘माया रोपे माया फल्छ’ बोलको गीतको म्युजिक भिडियोमा मदनकृष्ण आफैँले अभिनय गरेका छन् भने कृष्णदेव रुपाखेतीले यसलाई निर्देशन गरेका छन् । 

‘ज्योतिषीले भनेको...’ गीतमा निशान भट्टराई तथा मेलिना राईको स्वर तथा कृति न्यौपानेको संगीत छ । विनोद बमले यसको भिडियो निर्देशन गरेका छन् । ‘समयले जुरायो...’ गीतमा शिव परिवारको स्वर तथा सरोज कोइरालाको संगीत छ । यो गीतको भिडियोलाई फिल्म निर्देशक नवल नेपालले निर्देशन गरेका छन् । ‘प्रेमको भाषा’ बोलको गीतमा कृति न्यौपानेको संगीत तथा गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ ।





  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार १९:२५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया