logo-img

प्रस्तावित राजदूतको सुनुवाइ जारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित संघीय संसद्अन्र्तगतको सार्वजनिक सुनुवाइ समितिको बैठकमा न्युयोर्कस्थित नेपाली स्थायी नियोग, स्विट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको हो । 

सरकारले परराष्ट्र सेवामा रहेका सहसचिवलाई विभिन्न कूटनीतिक नियोगमा राजदूतका रूपमा सिफारिस गरेको छ । समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिइरहेको छ । 

समितिको बैठकमा न्युयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले आफ्नो कार्ययोजना र अवधारणा पेस गरेका छन् भने स्विट्जरल्यान्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले अवधारणा पेस गर्ने कार्यक्रम छ । 

यसअघि आजै राजदूत नियुक्तिमा समावेशी चरित्र नदेखिएको भन्दै समिति सदस्यहरूले परराष्ट्रमन्त्री एनपी साउदसँग जानकारी लिएका थिए । 
सो क्रममा मन्त्री साउद्ले संविधानको मर्म र भावनाअनुरुप नियुक्ति समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै परराष्ट्र मन्त्रालयका कर्मचारीको विवरण पेस गरेका थिए । 

संविधानले राज्यका सबै क्षेत्रलाई समावेशी बनाउने सिद्धान्त अंगीकार गरेपछि परराष्ट्र सेवा समावेशिताको नमुना रहेको उनको जिकिर थियोे । 





  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार १५:५३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया