logo-img

सिँचाई विभागमा ताला लगाउने निर्माण व्यवसायी पक्राउ

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालसहित ४५ जनाभन्दा बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । 

समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्नेलगायत विभिन्न ९ बुँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायी आज कार्यालय समयमा ललितपुरस्थित सिँचाई विभागको कार्यालयमा ताला लगाउन पुगेका थिए । 

नाराबाजीसहित विभागको कार्यालयमा ताला लगाउन सफल उनीहरूलाई प्रहरीले पक्राउ गरेर ताला खोलाएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

‘हामीले ९ बुँदे माग राखेर कार्यालयमा ताला लगाएका थियौँ । प्रहरीले बल प्रयोग गरेर ताला खोलेसँगै हाम्रो महासचिवसहित ४५ जनाभन्दा बढी व्यवसायी साथीहरूलाई पक्राउ गरेको छ,’ सिंहले भने । 

आज बिहान पक्राउ परेका निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखेको छ । 





  • प्रकाशित मिति : साउन २८, २०८० आइतबार ११:२७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया