logo-img

आजदेखि मौसममा क्रमिक सुधार, दुई प्रदेशमा भने भारी वर्षाको सम्भावना

आजदेखि देशभर मौसममा क्रमिक सुधार हुने मौसमविदले जनाएका छन् । मनसुनको न्यूनचापीय रेखा नेपालनजिकै रहेपनि  जलवाष्पयुक्त वायु कम हुनाले आजदेखि तुलनात्मकरूपमा मौसम सुधार हुँदै जाने मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।  

‘हिजो अस्तिको जस्तो लगातार पानी परिरहने र धेरै भारी वर्षा हुने देखिँदैन,’ उनले भनिन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने आकलन गरिएको छ । 

काठमाडौं उपत्यकामा आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनको भनाइ छ । राति कोशी, गण्डकी र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

अबको केही दिनमा मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सर्ने अनुमान गरिएको छ । 






  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार ७:५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया