logo-img

निर्माण व्यवसायीको माग : नेताको दबाबमा कर्मचारीले ठेक्का निकाल्ने काम बन्द गरियोस्

निर्माण व्यवसायीले निर्माण भुक्तानीसहित ९ बुँदे माग राख्दै ललितपुरस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका छन् । उनीहरूले आज पनि सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् ।

व्यवसायीले आन्दोलन गरेको १६ दिनसम्म पनि सरकारले निर्माण व्यवसायीका आवाज नसुनेको भन्दै अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिए । धर्ना कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सडक विभागमा तालाबन्दी गर्ने आफ्नो अधिकारलाई सरकारले नदिएको बताए ।

उनले सरकारले सडक विभागसम्म जान नदिए सडक जाम गर्ने चेतावनी दिए । उनले सरकारले सार्वजनिक खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू नगरेसम्म, बिना बजेटका योजनाहरू खारेज नगरेसम्म र पूर्वतयारीका योजना खारेज नगरेसम्म आन्दोलनमा जारी राख्ने चेतावनी दिए ।

‘निर्माण व्यवसायीले काम गर्दैनन् भन्ने पारिएको छ । यसलाई चिर्न पनि आन्दोलित छौँ । जबसम्म सरकारले सार्वजनिक खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू गर्दैन, बिना बजेटका योजनाहरू खारेज गर्ने, पूर्वतयारीका योजना खारेज नगरेसम्म आन्दोलित हुनेछौँ । जनता, मतदातालाई भ्रम छर्ने र राजनीतिक नेतृत्वको दबाबमा कर्मचारीले ठेक्का निकाल्ने काम बन्द गरिनुपर्छ,’ सिंहले भने, ‘३ हजार योजनाको म्याद थप हुँदैछ, ४ खर्बको भुक्तानीको तालिका सरकारले हामीलाई दिनुपर्छ । हामी काम गर्ने तालिका सरकारलाई दिनेछौँ । सबै निर्माण कार्यलाई प्राप्त हुनुपर्छ, मूल्य समायोजन । ठूला निर्माण व्यवसायीले मूल्य समायोजन पाउने र सानाले नपाउने न्यायसंगत भएन ।’  





  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार ११:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया