logo-img

‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपणको तयारीमा भारत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल१ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ । 

सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ । उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा यसको प्रभावको अध्ययन गर्न सातवटा उपकरण बोक्नेछ ।

पृथ्वीबाट करिब १५ लाख किलोमिटरको दूरीमा रहेको सूर्य र पृथ्वीको ‘लाग्रान्ज प्वाइन्ट–१ (एल १)’ को चारैतिर ‘हलो कक्ष’मा पुग्न अन्तरिक्ष यानले पृथ्वीको करिब १०९ दिन लाग्नेछ ।

यसअघि नै ५ अगस्टमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुगिसकेको छ । चन्द्रयानलाई २३ अगस्टमा चन्द्रमाको सतहमा अवतरण गराउने भारतीय वैज्ञानिकहरूको तयारी छ ।

भारतले चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्यसहित प्रक्षेपण गरेको थियो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुक पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीन मात्रै पुगेका छन् ।

चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो । 





  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार ७:६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया