logo-img

लिभरपुलले एएफसी बर्नमाउथलाई ३–१ गोल अन्तरले हरायो

इंग्लिस प्रिमियर लिगअन्तर्गत सिजनको आफ्नो पहिलो खेलमा चेल्सीसँग अंक बाँडेको लिभरपुलले आज भने एएफसी बर्नमाउथलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलले पहिलो जित निकाल्दै अंक तालिकामा ३ अंक थपेको हो । 

१० खेलाडीमा झरेको लिभरपुल सुरुमा १ गोलले पछि परे पनि उत्कृष्ट पुनरागमन गरेको हो । तेस्रो मिनेटमै पाहुना टोली बर्नमाउथले अग्रता लिएको थियो । एन्टोइन सेमेन्योले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए ।

तर, २७ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल गरेका थिए । ३६ औँ मिनेटमा मोहम्मद सलाहले पाएको पेनाल्टी बर्नमाउथका किपरले सेभ गरे पनि रिबाउन्ड बलमा सलाहले नै गोल गरेका थिए । पहिलो हाफमा २–१ को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा १ गोल थपेको थियो भने एक खेलाडी गुमाउन पुग्यो ।

५८ औँ मिनेटमा एलेक्सिस एलिस्टर रातो कार्ड पाउँदै मैदान छाडेपछि बाँकी समय लिभरपुलले १० खेलाडीले खेलेको थियो । तर, ६२ औँ मिनेटमा लिभरपुलले तेस्रो गोल गरेको थियो । डिएगो जोटाले गोल गरेका थिए । त्यसपछि थप गोल नभएपछि लिभरपुलले ३–१ को जित निकाल्दै स्पष्ट ३ अंक जोड्न सफल भयो । 





  • प्रकाशित मिति : भदौ २, २०८० शनिबार २२:४४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया