logo-img

भारतको चन्द्रयान-३ लाई चन्द्रमामा अवतरण गराइँदै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दैछ । 

चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहेको र भारतीय समय अनुसार आज बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यान चन्द्रमाको सतहमा  अवतरण गराइने भारतीय अन्तरीक्ष संस्था इसरोलाई उद्धतगर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘यदि चन्द्रयान ३ सफलतापूर्वक अवतरण भएमा भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलता प्राप्त गर्ने पहिलो राष्ट्र बन्नेछ,’ बीबीसीले लेखेको छ । 

यसको उद्देश्य पानीको सम्भावनासहितको बरफको खोजी हो । त्यसले चन्द्रमामा मानिसको बसोबासको सम्भावनालाई सहयोग गर्ने ठानिएको छ । 

यानको सफल अवतरणका लागि गति ज्यादै सुस्त बनाइएको छ । चन्द्रमाको दक्षिणी भागमा यानलाई अवतरण गराउन लागिएको हो । 

अवतरणका लागि यानको गति प्रति सेकेन्ड एक देखि दुई मिटरमा सीमित गरिएको छ ।





  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार १०:९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया