logo-img

हब इन्टरनेशनल एजुकेशनको १८औँ स्थापना दिवस

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

करिब दुई दशकदेखि शैक्षिक परामर्शको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको हब इन्टरनेशनल एजुकेशनले बुधबार (भदौ ६ गते) १८औँ स्थापना दिवस मनाएको छ । काठमाडौंको हात्तिसारमा रहेको हब इन्टरनेशनल एजुकेशनले विदेशबाट उच्च शिक्षा पूरा गर्ने योजना बनाएका विद्यार्थीको चाहना करिब दुई दशकदेखि पूरा गर्दै आएको छ । 

स्थापनाकालदेखि नै अध्ययनका लागि विदेश जाने योजना बनाएका विद्यार्थीलाई सही मार्गनिर्देश गर्दै आएको हब एन्टरनेशनलले हरेक वर्ष विभिन्न सामाजिक काम गरेर आफ्नो स्थापना दिवस (वार्षिकोत्सव) मनाउँदै आएको छ । लामो समयदेखि विद्यार्थीलाई विदेशी विश्वविद्यालयसँग जोड्ने पुलको काम गरेको यो संस्थाले हरेक वर्षझैँ यो वर्ष पनि रक्तदान, छात्रवृत्ति प्रदानलगायत विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाइरहेको छ ।

यो वर्ष पनि विभिन्न सामाजिक काम गरेर स्थापना दिवस मनाउने योजना बनेको हब इन्टरनेशनल एजुकेशनका अध्यक्ष उद्धव खड्काले जानकारी दिए । उनका अनुसार हबले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर रक्तदान कार्यक्रमदेखि गरिब तथा जेहेनदार बालबालिकालाई अध्ययनका लागि सहयोग गर्दै आएको छ ।

आवश्यकताअनुसार संस्थाले राहत वितरण, नेपाली विद्यार्थीलाई धेरैभन्दा धेरै सहुलियत कसरी दिन सकिन्छ भनेर विभिन्न कूटनीतिक निकायसँग समन्वय तथा छलफल गर्दै आएको छ । हब इन्टरनेशनल एजुकेशनले स्थापना कालदेखि नै उच्च शिक्षा अध्ययनमा सधैँ विद्यार्थीलाई प्रेरणादायी भूमिका निर्वाह गरेकाले समाज र विद्यार्थीमाझ राम्रो छाप छाड्न सफल भएको अध्यक्ष खड्काको दाबी छ । 

हब एजुकेशन अध्ययनका लागि विदेश जाने योजना बनाएका विद्यार्थीलाई तयारी कक्षादेखि आवश्यक परामर्श प्रदान गर्ने विश्वसनीय संस्था हो । आफ्नो संस्था विश्वसनीयताका लागि पहिलो नम्बरमा चिनिने गरेको दाबी गर्छन्, अध्यक्ष खड्का ।​

हात्तिसारस्थित आफ्नै भवनमा हालै सरेको हब एजुकेशनले विशेषगरी अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारतलगायत विश्वका विभिन्न देशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको छ ।



शिक्षा मन्त्रालयलबाट स्वीकृतिप्राप्त हब एजुकेशनले सक्षम र अनुभवी परामर्शदाताबाट विद्यार्थीलाई परामर्श तथा तयारी कक्षा दिँदै आएको छ भने सुरुदेखि नै आफ्नो भिसा सक्सेस रेटलाई पनि मेनटेन गर्दै आएको छ ।

यो संस्थाका शाखा देशभित्र मात्र नभएर विदेशमा समेत रहेका छन् । नेपालमा कुमारीपाटी(ललितपुर), पोखरा, चितवन बुटवल र भैरहवामा यसका शाखा रहेका छन् । यसैगरी अष्ट्रेलिया, युके, पाकिस्तान, भारत, श्रीलंका र फिलिपिन्समा यसका शाखा कार्यालय रहेका छन् ।



यसका सञ्चालक तथा अध्यक्ष उद्धव खड्काले अन्तर्राष्ट्रिय अन्टरप्रेनरसिप इन ग्लाेबल एजुकेशनमा विद्यावारिधि गरेका छन् भने संस्थाका सह–सञ्चालक सरिता खड्काले एमबिए गरेकी छिन् । उनी पूर्व बैंकरसमेत हुन् ।

आइरिन र नायरको सदस्य रहेको यो संस्थाले विश्वभरका करिब दुई सयभन्दा बढी विश्वविद्यालय र कलेजसँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्दै आएको छ ।

  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार १७:३१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया