logo-img

शुल्क वृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी आमरण अनशनमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

समाजवादी मोर्चा निकटका विद्यार्थीहरू इन्जिनियरिङ अध्ययनमा  भएको शुल्क वृद्धिको विरुद्धमा आमरण अनशनमा बसेका छन् । आइतबार पुल्चोक स्थित इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को डीन कार्यालय अगाडि उनीहरूले शुल्क वृद्धिको विरोधमा आमरण अनशन सुरु थालेका हुन् ।

अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष केशव रावलले विद्यार्थीहरूको मागलाई बेवास्ता गरेपछि समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरूले आमरण अनसन सुरु गरेको बताए । उनले अध्ययन आयोगले जुन शुल्क वृद्धि गरेको छ त्यो खारेज नहुँदासम्म अनशन जारी रहने बताए । 

उनले भने, ‘हाम्रो माग शुल्क वृद्धि खारेज होस भन्ने हो ,त्यसलाई  बेवास्ता गरेर विद्यार्थीको प्रवेश परीक्षासमेत उनीहरूले स्थगित गर्‍यो र हामी समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरूले आमरण अनसन सुरु गर्‍यौँ । अध्ययन आयोगले जुन शुल्क वृद्धि गरेको छ । यो खारेज नहुँदासम्म हामी अनसन बस्छौँ ।’

त्रिभुवन विश्व विद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको शुल्क फिर्ताको माग राख्दै आमरण अनशन सुरु गरेका हुन् । अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनशन सुरु गरेका छन् ।





  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार १५:४२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया