logo-img

शैक्षिक परामर्श व्यवसायी संघ (एप्क्यान) स्थापना : शैक्षिक विकृति अन्त्य गर्ने दाबी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालको शैक्षिक क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्दै शैक्षिक परामर्शमार्फत शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्न भन्दै शैक्षिक परामर्श व्यवसायी संघ (एप्क्यान) नेपालको घोषणा गरिएको छ । 

मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एप्क्यानको स्थापना गरिएको संस्थापक अध्यक्ष प्रज्वल बस्नेतले जानकारी दिए । 

एप्क्यानले, नेपालको शैक्षिक क्षेत्रमा देखिएको विकृतिलाई विश्लेषणात्मक रुपमा अध्ययन गरी शैक्षिक क्षेत्रका लक्षित वर्गलाई आवश्यक शैक्षिक परामर्श दिनेदेखि यो क्षेत्रलाई मर्यादित रुपमा अगाडि बढाउनेसम्मको कार्य गर्ने बस्नेतले बताए । 

शैक्षिक परामर्श संस्थाहरुले समाजमा सकारात्मक कार्य गर्दै आए पनि त्यसप्रति हेर्ने नजर नकारात्मक भएको भन्दै उनले त्यसलाई बिस्तारै परिवर्तन गरेर एप्क्यानलाई नलेज बैंकको रुपमा स्थापित गर्ने बताए । 

‘हामी नेपालमा नलेज बैंकको रुपमा काम गरिरहेका छौँ, यो कुरा समाजलाई प्रस्ट पार्न सकिरहेका थिएनौँ,’ उनले भने, ‘नेपाल सरकारको नीतिनियममा रहेर सुरुदेखि नै समाजमा आमूल परिवर्तन ल्याउने किसिमले र शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्न सकिने किसिमले केही कार्यक्रम गर्न खोजिरहेका छौँ ।’

उनले एप्क्यानमा आउनेलाई परामर्शदाताले स्पस्ट रुपमा विद्यार्थीहरुले चाहेका विषयमा जानकारी इमानदारीपूर्वक उपलब्ध गराउने साथै नेपालका विश्वविद्यालयमा पढ्न आउन चाहने विदेशीका लागि समेत सहजीकरण गर्ने जानकारी दिए ।  



एप्क्यानमा ११ जना प्रारम्भिक सदस्य रहेका छन् । 



  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार १६:५५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया