logo-img

नेपाल र पाकिस्तानबीचको खेल हेर्न जनकपुरधामका सबै विद्यालयलाई आधा दिन छुट्टी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एसिया कपअन्तर्गत नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक बिदा दिएको छ ।

आज दिउँसो सवा ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिइएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाले एक विज्ञप्ति निकाल्दै गौरवशाली नेपाली क्रिकेट टोलीको हौसला बढाउनलाई विद्यालय बिदा दिएको उल्लेख गरेको छ । 

आज उपमहानगरअन्र्तगतका सबै संस्थागत सामुदायिक विद्यालय २ बजेपछि बन्द गरिएका छन् । 

मुल्तान क्रिकेट स्टेडियममा नेपालले बुधबार दिउँसो सवा ३ बजे पाकिस्तानसँग एसिया कपमा पहिलोपटक प्रतिस्पर्धा गर्दै छ ।


 





  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार १६:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया