logo-img

इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता, अनशन स्थगित

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षामा वृद्धि गरेको शुल्क फिर्ता हुने भएको छ । शुल्क फिर्ताको माग राखेर आमरण अनशन बसेका विद्यार्थी र त्रिभुवन विश्वविद्यालयबीच सो सहमति भएको हो । 

बुधबार पाँच बुँदे सहमतिपछि स्नातक तहमा गरेको शुल्क वृद्धि फिर्ता हुने भएको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसहितका पदाधिकारीले विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँग गरेका छन् । 

जसमा इन्जिनियरिङ शिक्षामा भएको शुल्कवृद्धि फिर्ता लिन इन्जिनियरिङ अध्ययन संस्थानलाई निर्देशन दिने, विद्यार्थीका प्रतिनिधिसहित गठन हुने समितिले सात दिनभित्र नयाँ शुल्क तोक्ने सहमति पनि भएको छ ।

हाल स्थगित भएको प्रवेश परीक्षा लगायतका कार्यक्रम सञ्चालन गर्ने र आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने पनि सहमति पत्रमा उल्लेख छ । 

शुल्क फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसन बसेका थिए ।

सहमतिपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता गर्ने हुने केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार २१:५६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया