logo-img

चार टुक्रा सुनसहित महिला पक्राउ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याइएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया पाछेमु तामाङ (गुरुङ) रहेकी रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार नेपाल–चीन सिमानामा पर्ने रसुवागढीस्थित मितेरी पुलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ टोलीले नियमित चेकजाँचको क्रममा उनलाई एक किलो सुनसहित नियन्त्रणमा लिइएको  हो ।  

लुकाइछिपाई चारवटा टुक्रा पारी ल्याएको अन्दाजी एक केजी सुन चीनबाट नेपालतर्फ पैदल आउँदै गर्दा मितेरी पुलबाटै बरामद गरिएको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार ७:५२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया