logo-img

बिपीले भनेझैँ विदेशीसँग पैसा लिएर राष्ट्रियता खतरा पारिएको छ : चन्द्र भण्डारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले व्यक्तिगत आकांक्षाले राष्ट्रियतामा खतरा बढेको टिप्पणी गरेका छन् । 

आइतबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठीमा उनले बिपीले भनेअनुसार नै देशमा राष्ट्रियतामा खतरा देखिएको बताएका हुन् । 

‘राष्ट्रियतामा सबैभन्दा खतरा व्यक्तिगत महत्त्वाकांक्षाले, व्यक्तिगत द्वन्द्वले, जातीय हिंसाले र बिपीले विदेशीसँग पैसा लिने आत्मसमर्पण गर्न थालियो भने राष्ट्रियता खतरामा हुन्छ भन्नु भएको छ । अहिले देशमा ठ्याक्कै त्यही देखिएको छ । व्यक्तिगत महत्वकांक्षा उस्तै छ । सामाजिक द्वन्द्व बढ्दै छ ।’

उनले नेपालमा सिंगो पार्टीको नेता कोही पनि नभएको बताएका छन् । उनले गुट–उपगुटको नेता भएको र यसरी पार्टी नै कमजोर भएपछि मुलुकको संरक्षण कसरी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार १८:२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया