logo-img

संयुक्त राष्ट्रसंघद्वारा आणविक हतियार उन्मुलनका लागि आह्वान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मुलन गर्न आह्वान गरेका छन् ।  

उनले आणविक हतियारको पूर्ण उन्मुलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताए । उनले आणविक हतियारको प्रयोग रोक्नको लागि एक मात्र विकल्प त्यसलाई हटाउनुभएको बताए ।  

मानवीय प्रकोपलाई आणविक हतियार हटाएर मुक्त गर्न सकिने गुटेरेसको भनाइ छ । उनले अहिले चिन्ताको विषय हतियारको दौड भएको बताए ।

गुटेरेसले आणविक हतियार घटाउँदै लैजानुपर्नेमा झनै बढ्दै गइरहेको बताए । उनले आणविक हतियार धेरै भएका मुलुकलाई निशस्त्रीकरणको दायित्व पूरा गर्न कुनै पनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिवद्धता गर्न आह्वान गरे । 

गुटेरेसले तनाव कम गर्न र आणविक खतरा अन्त्य गर्न वार्ता, कुटनीतिको माध्यम रोज्न आग्रह गरे । उनले आणविक हतियार नियन्त्रणका लागि मानिस बढी जिम्मेवार हुनुपर्ने पनि बताए । 
 





  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार १४:२०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया