logo-img

साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा पाठकको उल्लेख्य उपस्थिति

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पठन संस्कृति विकासका लागि साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनीमा पाठकले उल्लेख्य उपस्थिति जनाएका छन् । ७ असोजदेखि ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको प्राङ्गणमा सुरु भएको प्रदर्शनीमा पाठकहरू तानिएका हुन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्मको छुट दिएको छ । 

७ गतेदेखि आजसम्म पाठक उल्लेख्य उपस्थित भएको र अझै २२ गतेसम्ममा धेरै पाठकले प्रदर्शनीमा उपस्थिति जनाउने अपेक्षा रहेको साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले बताए उनले प्रदर्शनीमा यस पटक भैरवबहादुर थापाको अल्फा साइन्स (नाट्य व्याकरण) नयाँ पुस्तकका रूपमा रहेको र बाबुराम आचार्यले लेखेको पृथ्वीनारायण शाहको जीवनीलाई पुनः मुद्रण गरेर प्रदर्शनीमा राखिएको बताए ।

उनले प्रदर्शनी स्थललाई व्यवस्थित गर्दै लगेको र ५ सयभन्दा बढी विधाका पुस्तक प्रदर्शनीमा राखिएको जानकारी दिए । महाप्रबन्धक घिमिरेले पहिला आख्यान धेरै बिक्री हुने गरे पनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुचि बढ्दै गएको बताए । उनले देशभर गरेर ४० लाखसम्मको पुस्तक बिक्री हुने अनुमान रहेको पनि बताए ।    

प्रदर्शनीमा आएका शरद प्रधानले कतिपय पुस्तक पुनः प्रकाशनमा ल्याउनुपर्ने माग गरे । उनले साहित्य र इतिहासलाई पाठ्यपुस्तकमा राखेर नपढाएको कारण विद्यार्थीमा साहित्यप्रतिको चाहना घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।  



साझा प्रकाशनले पुस्तक टिकाउन समस्या रहेको उल्लेख गर्दै पुराना पुस्तक जोगाएर राख्न सक्नुपर्ने बताएको छ । पुराना पुस्तकमा पाठकको चाहना बढेकाले पुराना पुस्तक बचाएर राख्नुपर्ने कर्तव्य र जिम्मेवारी आफूहरूको भएको बताए । 



  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १४:११:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया