logo-img

पचास लाख मूल्य पर्ने बेवारिसे कपडा राजस्वको नियन्त्रणमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राजस्व अनुसन्धान कार्यालय इटहरीले शुक्रबार राति सिरहाको माडर भन्सार नाका नजिकैबाट झण्डै ५० लाख बराबरको बेवारिसे कपडा बरामद गरेको छ ।

स्थानीय चन्द्रनारायण माध्यमिक विद्यायलको प्रांगणस्थित आँपको बगैँचामा थुपारिएको अवस्थामा उक्त कपडा फेला परेको थियो । विशेष सुराकीका आधारमा राजस्वका इटहरी कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा गएको सशस्त्र प्रहरीसमेतको टोलीले कपडा नियन्त्रणमा लिएको हो ।
 
दसैँमा बिक्री गर्ने उद्देश्यले भन्सार छली गरेर कपडा ल्याइएको हुनसक्ने आशंका प्रमुख आचार्यले व्यक्त गरे । राजस्वको टोली आउँदै गरेको चाल पाएपछि तस्करहरू सामान छाडेर भागेको हुनसक्ने उनले बताए । 

सर्टिङसुटिङका कपडा, सारी, तयारी पोसाकलगायतका सामान बरामद गरिएको हो । सामान इटहरी कार्यालयमा लगेर यकिन गरिने जानकारी आचार्यले दिए । 





  • प्रकाशित मिति : असोज १३, २०८० शनिबार २३:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया