logo-img

एसियन कप छनोट खेल्ने फुटसल टोलीको बिदाइ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एसियन कप छनोट खेल्न मंगोलिया जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ। डेढ वर्षयता घरेलु फुटसल लिगसमेत नखेलेका नेपाली खेलाडी यही असोज २० देखि २३ गतेसम्म मंगोलियामा हुने एसियन कप छनोट खेल्न त्यसतर्फ गएको हो ।

नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले खेलाडी पलायनका कारण समस्या भए पनि अहिलेको खेलमा केही सुधार हुने अपेक्षा गरिएको जानकारी दिए । ‘लिग नभएको कारणले त्यस्तो राम्रो हुन्छ भन्ने छैन तर पनि राम्रो तयारी गरिएकाले यसपालि हामी दोस्रो राउन्डमा पुग्छौ भन्ने अपेक्षा छ,’ उनले भने 

त्यस्तै कप्तान मणी कुमार लामाले पहिलो पटक कप्तानी गर्न लागेकाले केही नर्भस भए पनि राम्रो गर्नेमा आशाबादी रहेको बताएका छन् । उनले भने ‘ हामी फिजिकल रूपमा कमजोर छैनौँ । टेक्निकल केही समस्या भए पनि, अनुभवी खेलाडी नभए पनि युवा खेलाडी भएकाले  हामीले राम्रो प्रदर्शन गर्छौँ भन्ने आशा छ ।’

छनोट प्रतियोगितामा विभिन्न ३१ राष्ट्र सहभागी छन् । यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् । प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट सात उपविजेता टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

सन् २०१७ मा अन्तर्राष्ट्रिय फुटसलमा डेब्यु गरेको नेपालले त्यसयता एसिया कपका दुई वटा छनोटबाहेक अन्य अन्तर्राष्ट्रिय खेल खेलेको छैन । 





  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार १८:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया