logo-img

नोबेल साहित्य पुरस्कार नर्वेली लेखक फोसालाई दिने घोषणा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक तथा साहित्यकार यून फोसालाई दिने घोषणा गरिएको छ । उनले समसामयिक विषयमा बहुसंख्यक नाटक लेख्दै आएक छन् । 

मंगलबार स्वीडिस एकेडेमीले ६४ वर्षीय फोसालाई व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढंगले नाटक तथा काव्यमा प्रस्तुत गर्ने शैलीका लागि पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको जानकारी दिएको हो । 

फोसाले आफ्नै शैलीमा उपन्यास लेख्ने गरेका छन् । जसलाई फोसाको न्यूनतावाद (फोसा मिनिमलिजम)को संज्ञा दिइन्छ । उनले न्यूनतम तथा सरल भाषामा निर्भर भई लय, माधुर्य र मौनताको माध्यमबाट आफ्नो सन्देश आफ्ना नाटक, काव्य तथा अन्य कृतिमा दिन्छन् । 

फोसाको जन्म सन् १९५९ मा भएको हो । उहाँका ४० नाटक,  केही उपन्यास, निबन्ध, बालबालिकाका पुस्तक र अनुवादहरू प्रकाशित छन् । आगामी डिसेम्बर महिनामा उनलाई एउटा विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिने छ ।

यसअघि नोबेल पुरस्कार समितिले सन् २०२३ को चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फका विजेताको घोषणा गरेको थियो ।

अब शुक्रबार शान्ति र सोमबार अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिने नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । 
 





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार २१:४९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया