logo-img

अख्तियारमा नियुक्ति प्रक्रिया त्रुटिपूर्ण भयो, संशोधन गर्न आवश्यक छ : गगन थापा
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न जरुरी रहेको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले आयोगको नियुक्तिमा दलगत हस्तक्षेप र भागबन्डा बढी भएको बताएका हुन् । 

उनले अदालतसमेत नियुक्तिका विषयमा मुछिएको बताए । उनले  आयोगको नियुक्तिको मापदण्ड नबदलीकन अपेक्षा कृति परिणाम नआउने दाबी गरे । उनले संवैधानिक परिषद् सम्बन्धी कानुनमा संशोधन गरेर यसको संसदीय सुनुवाइ नभई सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था नथपीकन अपेक्षित परिणाम प्राप्त गर्न नसकिने बताए । 

उनले भने, ‘यसको नियुक्तिमा यति धेरै दलगत हस्तक्षेप र भागबन्डा भएको छ, पछिल्लो समय अदालत पनि तानिएको छ, मुछिएको छ । अख्तियारको प्रमुख स्वयंलाई अख्तियारको दुरुपयोग गरेको भ्रष्टाचारको मुद्दा सदस्यसचिवलाई मुद्दा लागेर बसेको अवस्था छ । यसको नियुक्तिको मापदण्ड नबदलीकन यहाँ गर्ने कुरा कुरा मात्रै हुन्छ । यसले परिणाम दिँदैन । अब हामीले यो त बनाएर पठायौँ, तर नियुक्तिको प्रक्रिया र मापदण्ड बदल्न सकेनौँ भने बदलिन्छ कहाँबाट ? त्यसैले यसमा बहस होस् भनेर संशोधन होस् भनेर नियुक्तिको मापदण्डमै संशोधन होस् भनेर राखेँ । तर संशोधन गर्ने कुरा खुला नभएको हुँदा पछाडिको पृष्ठमा यो पर्‍यो । संवैधानिक परिषद् सम्बन्धी कानुनमा संशोधन गरेर यसको संसदीय सुनुवाइ होइन, सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था नथपीकन यसबाट अपेक्षित परिणाम प्राप्त गर्न सकिँदैन ।’

महामन्त्री थापाले नीतिगत निर्णय के हो भन्नेबारेमा छुट्टै कानुन बनाइनुपर्ने बताए ।  





  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार १६:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया