logo-img

संसदको चालू अधिवेशन कात्तिक १४ सम्म जान्छ : मन्त्री गुरुङ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार ऐनलाई छिटो भन्दा छिटो संसदबाट पारित गर्ने बताएका छन् ।

शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले मुलुकको इज्जतको विषय भएकाले कानुन निर्माणका सन्दर्भमा सरकारले ढिलाइ नगर्ने बताए ।

उनले जुनसुकै विधेयकलाई कानुन मन्त्रालयले छिटोभन्दा छिटो काम सम्पन्न गराएर पठाउने काम गरिरहेको बताए । उनले चालू अधिवेशनभित्रै मानव अधिकार ऐनलाई पारित गर्न कठिन रहेको बताए ।  

‘यो मुलुकको इज्जतको विषय पनि हो । स्वाभिमानको विषय पनि हो । आयोगको कार्य सम्पादनको विषयमा मैले बोल्न चाहिन । कानुन निर्माणका सन्दर्भमा जुन छ, सैद्धान्तिक सहमतिका सन्दर्भमा धेरै दिन लाग्दैन । सैद्धान्तिक सहमतिको मात्रै कुरा होइन, जुनसुकै विधेयकलाई हामीले अहिले कानुन मन्त्रालयको सन्दर्भमा सहमति दिने सन्दर्भमा छिटोभन्दा छिटो गर्ने भनेर लागेका छौँ,’ मन्त्री गुरुङले भने, ‘विधेयकहरू सकेसम्म ७ दिन र धेरै थुप्रिए १५ दिन भनेर लागेका छौँ । त्यसैअनुसार काम भएको छ । यसको मस्यौदा सबै मिलेर गर्नुपर्छ, छिटो ल्याउनुपर्ने हुन्छ । फास्ट ट्रयाकमा हामी काम गर्नेछौँ । यही अधिवेशन भित्र निकै गाह्रो होला । कात्तिकको १३/१४ सम्म जानसक्ने सम्भावना छ । यो अधिवेशनमा निकै गाह्रो छ । जसरी हामीले टिआरसीमा अलिअलि इज्जत जोगाइरहेका छौँ । कानुन निर्माणको सन्दर्भमा कतै रोकिँदैन ।’ 

मन्त्री गुरुङले चालू अधिवेशन कात्तिकको १३/१४ गतेसम्म चल्ने बताए ।  





  • प्रकाशित मिति : असोज २६, २०८० शुक्रबार १५:११:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया