logo-img

अब प्रदेश विकासको काम गर्छु : मुख्यमन्त्री कार्की

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको भावनाअनुसार आफूले सबैको सहयोगमा प्रदेशको विकासका लागि काम गर्ने बताएका छन् । कोशी प्रदेशसभामा बुधबार सांसदहरूसँग विश्वासको मत माग्दै बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

जनता आन्दोलनको भावनाअनुसार, सशस्त्र युद्ध, मधेस आन्दोलनको भावना अनुसार जनताको अधिकार स्थापित गर्ने र जनतालाई दरिद्रताबाट मुक्ति दिन शिक्षा, समानता र राज्यको हरेक निकायमा जनताको पहुँच पुर्‍याउनका लागि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

आफूलाई प्राप्त सांसदहरूको विश्वासलाई ध्यानमा राखेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे । प्रदेशको आर्थिक विकासको दायित्व आफूहरूमा आएको भन्दै कार्कीले सुशासन कायम गर्दै  प्रदेशमा समृद्धि हासिल गर्नुपर्ने जिम्मेवारी पूरा गर्ने बताए ।

सांसदहरूले आफूलाई विश्वासको मत दिएर मध्यावधि निर्वाचनमा जान नदिने प्रतिबद्धता जनाएको उनको भनाइ थियो । मुख्यमन्त्री कार्कीले प्रदेशमा धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए ।  





  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार १५:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया