logo-img

युद्धै जितेर आएपछि आठ भाइसँग गला मात्र मिलाएनौँ, गाला जोड्यौँ : उद्धव थापा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्री केदार कार्की र उनलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुसँग गला मिलाएको बताएका छन् ।

बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै नेता थापाले आफ्ना साथीले युद्ध जितेर आएकाले गला मिलाएको बताएका हुन् ।

‘नेपाली कांग्रेसबाट आठ भाइ माननीयहरू, दलभित्र झगडा गर्नुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो । अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो, युद्ध पनि जितेर घरमा आउनुभयो, युद्ध जितेर फूलमाला लगाएर आएपछि हामीले गले लगायौँ, स्वागत गर्यौँ युद्ध नै जितेर आइसकेपछि हामीले सबै कुरा बिर्सियौँ ।’

उनले आफूहरूले गाला जोड्न एमालेबाट सिकेको बताए । भित्र जस्तोसुकै झगडा, कुण्ठा भए पनि परेको बेलामा गाला जोडेको बताए । अब आठ भाइसँग जोडेको गाला कहिले नछुट्ने बताए । 

कांग्रेसका आठजना र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । उनले बुधबार विश्वासको मत लिएका छन् ।
 





  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार १६:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया