logo-img

प्रमोद खरेलको ‘परदेशी घर फर्की आइदेऊ न’ गीत सार्वजनिक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रमोद खरेलको दसैँ–तिहार विशेष ‘परदेशी घर फर्की आइदेऊ न’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।   

लोक/आधुनिक शैलीको परदेशीले दसैँ मान्न नपाएको यो गीतमा ऋषि खड्काको शब्द/संगीत रहेको छ । गीतको संगीत संयोजन कमल सौरागले गरेका छन् भने मिक्सिङ/मास्टरिङ कुमार रानाले गरेका हुन् । गीतको अडियो ‘मारुनी’ स्टुडियोमा रेकर्डिङ गरिएको हो । 

गीतको भिडियोलाई आशिर प्रताप जङले निर्देशन गरेका हुन् । राम केसी र टिमले भिडियो खिचेका हुन् भने सम्पादन र कलरिङ अमृत चापागाईंले गरेका हुन् ।  

म्युजिक भिडियोको मुख्य भूमिकामा निर्देशक तथा मोडल आशिर प्रताप जङ आफैंले अभिनय गरेका छन् भने फिमेल क्यारेक्टरमा मोडेल स्मारिका ढकालले उनलाई साथ दिएकी छन् । 

गीतको भिडियो हार्ट विट नेपालले सार्वजनिक गरेको हो ।   





  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार ९:५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया