logo-img

कोशीमा एमाले अडान : गठबन्धनका सबै दललाई सहभागी गराए सरकारमा बस्दैनौँ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेले कोशी प्रदेश सरकारमा गठबन्धनका सबै दललाई स्थान दिए आफ्नो दल सरकारमा नजाने अडान लिएको छ । एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले सहमतीय आधारमा मन्त्रिपरिषद् विस्तार गर्ने बताइरहँदा एमालेले यस्तो अडान लिएको हो । 

सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री कार्कीले र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीसँग यस विषयमा छलफल गरेका थिए । सो क्रममा भण्डारीले अन्य दललाई समेट्ने कुरामा असहमति राखेका हुन् । 

प्रमुख सचेतक भण्डारीले सत्तारुढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराए एमाले सरकारमा बस्न नसक्ने अडान राखेको बताएका हुन् । 

नेकपा माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीमध्ये कुनै एक दललाई सामेल गरेर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको प्रमुख सचेतक भण्डारीले जानकारी दिए । 

एमालेको प्रस्तावमा कांग्रेसले पनि सहमति जनाएको उनको दाबी छ । गठबन्धनभित्रको कुनै १ दललाई सहभागी गराएर सरकार विस्तार गर्न सकिनेमा कांग्रेसको पनि सहमति रहेको बैठकमा सहभागी कांग्रेसका एक सांसदले बताए ।





  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार २०:३२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया