logo-img

जलवायु अनुकूलनको लागि छुट्याइएको रकम नेपालले पाउनुपर्छ : महासचिव गुटेरेस

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु अनुकूलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन् ।

मंगलबार अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जलवायु अनुकूलनको लागि बनाइएका कोषको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरूले पाउनुपर्नेमा जोड दिइएका हुन् । 

महासचिव गुटरेसलेले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अन्य देशहरूलाई आग्रह गरे । उनले जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने बताए । 

‘हामीले यी अद्भूत हिमालहरू र यी अद्भुत हिम नदीहरू जोगाउनुपर्छ । जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई समर्थन गर्न आवश्यक छ । जलवायु परिवर्तनका कारण धेरै भागहरू भूस्खलन भएका छन् । धेरै समुदायमा जुन गहिरो रूपमा परेको नकारात्मक असर छ यसलाई मैले अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्नेछु,’ उनले भने, ‘पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकुलनको लागि धेरै कोषहरू पनि छन् । यी कोषहरू क्षति कम गर्न र पीडित जनताको फाइदाका लागि बनाइएका हुन् । त्यसको उपयोग हुनुपर्छ ।’ 

महासचिव गुटेरेसले जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने बताए । उनले जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक रहेको बताए । 





  • प्रकाशित मिति : कात्तिक १४, २०८० मंगलबार १३:२५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया