logo-img

विद्युतीय व्यापार विधेयकको मस्यौदा प्रतिवेदन समितिबाट पारित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।

समितिको आजको बैठकले उक्त मस्यौदा प्रतिवेदन पारित गरेको र राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रस्तुत गरिने समिति सभापति जयन्ती राईले जानकारी दिइन् ।

राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि समितिमा दफावार छलफल भइसकेको छ । 

सरकारले विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन गर्न तथा व्यवस्थित र विश्वसनीय बनाउँदै प्रवद्र्धन गर्न विद्युतीय व्यापार ऐनको प्रस्ताव गरेको हो । 





  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार १२:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया