logo-img

नयाँ दललाई चुनौतीको रूपमा होइन, सच्चिने अवसरका रूपमा लिनुपर्छ : चन्द्र भण्डारी

नेपालीलाई विदेशमा बिक्री गर्ने काम बन्द गर्नुपर्छः सांसद भण्डारी

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालीहरूलाई बाहिर देशमा बिक्री गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग बोल्दै उनले नेपालीहरू बाहिर जाने काम बन्द गर्नका लागि रोजगारी सिर्जना गर्नुपर्ने भन्दै त्यसका लागि राष्ट्रिय एजेण्डा बनाएर अगाडि बढ्नुपर्ने बताए । 

उनले भने, ‘नेपालीलाई बिक्री गर्ने काम बन्द गर्नुपर्छ त्यसका लागि रोजगारी सिर्जना गर्नुपर्छ । अहिले हामी किन पछाडि परेको भन्दा हाम्रो राष्ट्रिय एजेण्डा नभएर हो । जबसम्म हामीसँग राष्ट्रिय एजेण्डा हुँदैन, तबसम्म जोसुकै प्रधानमन्त्री भए पनि मुलुक अगाडि बढ्न सक्दैन ।’

उनले नयाँ दललाई स्वागत गर्दै उनीहरूलाई चुनौतीको रूपमा लिन नहुने बताए । उनले भने, ‘हामीले प्रतिस्पर्धा गर्ने हो, नयाँ आएका दलले प्रश्न उठाए भने हामीले गर्व गर्नुपर्छ चुनौती गर्ने युवा आए भनेर । अब हामीले कस्तो काम गरेर त्यसलाई ठिक ठाउँमा ल्याउने भनेर काममा प्रतिस्पर्धा गर्ने कुरा हो । व्यवहारमा प्रतिस्पर्धा गर्ने कुरा हो । नयाँ राजनीति गर्ने युवालाई स्वागत छ, उनीहरुलाई हाम्रो अनुभवले जित्न सक्छ भनेर देखाउनुपर्छ ।’

देशको ४० अर्ब पैसा बाहिर जाँदा, भारतको सिमानामा कलेज खोल्दा र विकास निर्माणका काम अस्तव्यस्त हुँदा पनि कसैलाई मतलब नरहेको उनले उल्लेख गरे ।
 





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार १८:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया