logo-img

सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राखिनेछ : बालेन साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले २३ कात्तिकदेखि काठमाडौं महानगरपालिकाको सडकमा भेटिएका गाई बाच्छा दक्षिणकाली लगेर सुरक्षितरूपमा राखिने बताएका छन् ।  

सामाजिक सञ्जालमार्फत शाहले बेवारिस गाई बाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका–७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने  तयारी भइरहेको जानकारी दिएका हुन् । 

‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन्, बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ , उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ,’ उनले भने । 

काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको पनि मेयर साहले जानकारी दिए ।  





  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार ९:५८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया