logo-img

चिनी मिल सञ्चालनको तयारीपछि किसान उखुखेतीतर्फ आकर्षित
फाइल तस्बिर

बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ ।  

उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती विस्तारमा लागेका हुन् । कैलालीको टीकापुरका धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखुखेती सुरु गरेको बताए । ‘मिल सञ्चालकसँग समन्वय गरेर उखुखेती सुरु गरेका छौँ,’ उनी भन्छन्, ‘मिल सञ्चालन भए उखु खेती थप विस्तार गर्ने योजना छ ।’

राजापुर सुगर एण्ड केमिकल्स प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले आगामी वर्ष मिल सञ्चालन गर्ने गरी काम भइरहेको बताए । ‘किसानलाई  उखु खेतीका लागि आग्रह गरेका छौँ’, उनले भने, ‘उखु उत्पादनसँगै मिल सञ्चालनको पनि काम भइरहेको छ ।’ 

कम्पनीले २० बिघा जग्गा खरिद गरेर काम थालेको छ । मिल सञ्चालन गर्न २ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान कम्पनीको छ । मिल पूर्णरूपमा सञ्चालन गर्नका लागि ५ हजारदेखि ६ हजार बिघामा उखुखेती आवश्यक पर्ने निर्देशक ओली बताउँछन् । मिल सञ्चालनमा आए पाँच सयभन्दा बढी जनाले प्रत्यक्षरूपमा रोजगारी पाउनेछन् । 

बाढी र डुबानका कारण अन्य खेतीको उत्पादन राम्रो नहुँदा चिन्तित किसान चिनी मिलले खेती बाँझो नहुने भन्दै आशावादी बनेका छन् । ‘बलौटे माटोमा उत्पादन केही हुँदैन । वर्षातsJ समयमा बाढीले लगाएको बर्खेबाली पनि नष्ट गर्छ’, राजापुर–८ का धर्मचन्द्र चौधरीले भने । 

अर्का किसान सुरेन्द्र चौधरीले राजापुरमा चिनी मिल सञ्चालन भए बर्दियाका किसानले मात्रै नभइ कैलालीकाले  लाभ लिनसक्ने बताए । टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चिनी मिल सञ्चालकसँग समन्वय गरेर उखुखेती गर्न थालिएको बताए । रासस  





  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार १०:२२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया