logo-img

शंकर पोख्रेलको टिप्पणी : नियमनकारी कानुन बनाउँदा विरोध गर्ने, अहिले टिकटक नै बन्द गर्ने ?

नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले टिकटक बन्द गर्ने सरकारको निर्णय उचित नभएको टिप्पणी गरेका छन् । 

नियमनकारी कानुन बनाउँदा विरोध गर्ने, तर नियमनको नाममा छनोट आधारित प्लेटफर्म बन्द गर्ने कुरा उचित नभएको भन्दै उनले आलोचना गरेका हुन् । उनले कन्टेनमा आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो भएको उनले सुझाएका छन् ।

‘नियमनकारी कानुन बनाउदा विरोध गर्ने, तर नियमनका नाममा छनोट आधारित प्लेटफर्म नै बन्दगर्ने कुरा उचित भएन है,’उनले फेसबुकमा लेखेका छन्, ‘अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन । कन्टेन आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त वाटो हो । ध्यान देऊ ।’





  • प्रकाशित मिति : कात्तिक २७, २०८० साेमबार १७:१०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया